नेपाली रुपैयाँ अब चिनियाँ कम्पनीले छाप्ने, ३ अर्ब रुपैयाँ छाप्न लग्यो ७१ लाख अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्मा चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ । प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो ।
यसअघि बैंकले विदेशी नोट छपाइ गर्ने कम्पनीहरूका लागि बोलपत्र आह्वान गरेको थियो ।
अमेरिकी डलरमा यस ठेक्काको कुल लागत ७१ लाख अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस