ओलीमाथि बालेनको अर्को कटाक्ष– नाबालिग पिट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नेकपा ९एमाले०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नाबालिग पिट्नेलाई जोगाएको आरोप लगाएका छन् । शनिवार राति सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आरोप लगाएका हुन् ।

बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाइरहेका छन् । बाल श्रम दुरुपयोग गर्ने सांसदलाई प्रधानमन्त्री ओलीले जोगाएको उनको भनाइ छ ।

यसैकारण आफूले बाल दिवसको शुभकामना पनि दिन नसकेको बालनेको भनाइ छ । शनिवार बाल दिवस परेको थियो ।
पीडित बालिकाहरूले प्रधानमन्त्री (खड्गप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्र्याउन चाहन्छु, ग्रहण गर्नुहोला ? ’ उनले फेसबूकमा लेखेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस