श्रावण महिना धार्मिक सांस्कृतिक र प्राकृतिक रुपमा महत्वपूर्ण महिना मानिन्छ । श्रावन देखि सूर्यको दक्षिणायन आरम्भ हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने महिना हो । नक्षत्र र पुर्णिमाको योगका आधारमा हाम्रा महिनाका नाम रहेका छन । श्रवन नक्षत्रयुक्त पुर्णिमा हुने भएकोले यस महिनाको नाम श्रावन रहेको हो । पुर्विय सभ्यता अनुसार दिन , वार तिथि , पक्ष , महिना ऋतु आदि समयचक्रको निर्धारण सूर्य र चन्द्रमाले गर्ने भएकोले महिना पनि सूर्य र चन्द्र अनुसार दुई किसिमका हुन्छन । सूर्यका आधारमा हुने महिनालाई सौर महिना र चन्द्रमाको आधारमा हुनेलाई चन्द्रमास भनिन्छ ।
श्रावणमा सूर्य कर्कट राशिमा विचरण गर्दछन् । त्यसैले सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति वा कर्कट संक्रान्ति भनिन्छ । श्रावण कृष्णप्रतिपदादेखि श्रावण शुक्लपूर्णिमासम्म चन्द्रमाका आधारमा हुने श्रावण महिना हो । धार्मिक सांस्कृतिक दृष्टिले चान्द्र महिनालाई महत्वको रुपमा हेरिन्छ । स्कन्दपुराण अनुसार श्रावण माहात्म्यमा श्रावण महिनामा पर्ने प्रत्येक वार र तिथिको महत्व बताइएको छ त्यसैले अन्य महिनामा भन्दा श्रावण महिनामा गरेका शुभकर्मको बढी फल प्राप्त हुने कुरा उल्लेख गरिएको छ । वैदिक सनातनीहरुले श्रावण महिना धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मान्छन् । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिवोपासनाको महिना भएकाले यसको महत्व धेरै छ । श्रावण महिना शिवजीको प्रिय महिना भएकोले यस महिनामा गङ्गास्नान गरी शिवजीलाई गङ्गाजल चढाउने बोलबमको परम्परा पनि चल्दै आएको छ ।
साउन महिनाभरि माछामासु, लसुन–प्याजजस्ता अशुद्ध खाना नखाने, शुद्ध आचरणमा रहने, सोमवार शिवजीको पूजा आराधना र व्रत गर्ने चलन चल्दै आएको छ । प्राकृतिक दृष्टिले श्रावन महिनामा किसानहरुलाई खेतीपाति गर्न भ्याई नभ्याई हुन्छ । सबैका घरमा लटरम फलफुल फलेका हुन्छन् । हरियो तरकारी प्रशस्त मात्रमा पाईन्छ ।
हिन्दु धर्मालम्बीहरुले पनि शिव पार्वतिको आराधानाको रुपमा श्रावन महिनालाई विशेष रुपमा लिने गर्दछन । यस महिनामा शिव पार्वती सहित कैलाश पर्वत बस्ने जनबिश्वास भएकाले यस महिनामा शिव पार्वतीको पुजा गरिन्छ । हिन्दु धर्मालम्बी महिलाहरुले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै हरियो चुरा, पोतो, मेहन्दी लगाउने गर्दछन् । हिन्दू भई जन्मनु केवल संयोग मात्र नभई पूर्व जन्मको संस्कार पनि हो । जन्मनु मर्नु पनि ईश्वरीय शक्ति नै हो । किनकि यस शक्तिलाई आजको वैज्ञानिक युगले पनि पत्ता लगाउन सकेको छैन । यस हिन्दू दर्शनमा धार्मिक महत्वको साथै मानवलाई मानवीय गुणवान बनाउने,सामाजिक सुधारको विषयमा पनि जोड दिएको पाइन्छ ।
हिन्दू धर्मशास्त्रमा मद्यपान, धुम्रपान जस्ता कार्यलाई निन्दनीय कार्य मानेको छ । नशालु पदार्थको सेवन गर्नु र यस्ता कुलत छाड्दै आध्यात्मिक चिन्तनमा लागि समाज उपयोगी कार्यमा दत्तचित्त रहेमा स्वस्थ, स्वच्छ जीवनयापन गर्न ठूलो मद्दत पुग्दछ । त्यसैले खानपिनमा सात्विक आहार गरेमा बोली वचन शिक्षा दिक्षाको पनि प्रगति हुन्छ । यस दर्शनमा त्यति मात्र नभई सनातनदेखि मनाउ“दै आएका चाडपर्वहरु पनि केही न केही उद्देश्यबाट प्रेरित भएका हुन्छन् । जस्तो श्रावण संक्रान्ति जसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । त्यसैदिनदेखि सूर्य भगवान दक्षिणतिर लाग्ने भएकोले दक्षिणायन पनि शुरु हुन्छ ।
हिन्दू धर्मशास्त्रमा मद्यपान, धुम्रपान जस्ता कार्यलाई निन्दनीय कार्य मानेको छ । नशालु पदार्थको सेवन गर्नु र यस्ता कुलत छाड्दै आध्यात्मिक चिन्तनमा लागि समाज उपयोगी कार्यमा दत्तचित्त रहेमा स्वस्थ, स्वच्छ जीवनयापन गर्न ठूलो मद्दत पुग्दछ । त्यसैले खानपिनमा सात्विक आहार गरेमा बोली वचन शिक्षा दिक्षाको पनि प्रगति हुन्छ ।
श्रावन संक्रान्ति लुतो फाल्ने संक्रान्ति पनि भन्ने गरिन्छ । त्यस दिन आफ्नो शरीरमा भएको लुतो, खटिरा, खौसो जस्ता रोगहरुलाई सदाको लागि शरीरबाट फाल्ने चलन छ । त्यसदिन सन्ध्याकालमा काण्डरक नामको निशाचर राक्षसको पूजा गरेमा लुतो, खटिरा तथा अनिष्टको डर वर्ष भरी नै हु“दैन भन्ने जनविश्वास छ । यस निशाचर राक्षसको पूजा धसिङ्गरको काठलाई आगो बाली पट्काउने चलन छ भने कतै सल्लाको दाउरा ७÷७ वटाको एक मुठा बनाई आफ्नो परम्परा अनुसार एक मुठा, दुई मुठा वा साना मुठा बनाई काण्डरक निशाचरमा चढाउने र ४ वटा सल्लाको दाउरा बालेर चारै दिशामा फाल्दै लुतो, खटिरा लैजा भन्ने चलन चल्दै आएको पाइन्छ । त्यस दिन पहाडी क्षेत्रमा नाचगान गर्ने चलन पनि छ । त्यस नाचलाई वयलडारी भन्ने गरेको पाइन्छ ।
यस वयलडारीको आफ्नै महत्व छ । ठाउँ र चलनअनुसार यस दिनलाई छुट्टाछुट्टै तरिकाले मनाउ“दै आएको पाइन्छ । श्रवाण संक्रान्तिको दिन मौसमअनुसारको फल, माषको फुलौरा, खिर खाने चलन छ । त्यसैले हिन्दू दर्शनमा मनाउदै आएको चाडपर्वहरुले पनि रोग व्यादि हटाउने लगायत स्वास्थको लागि सात्विक खानालाई पनि जोड दिएको पाइन्छ साथै मनोरञ्जनको विभिन्न नामहरु दिएर फरक फरक शैलीमा नाचगान गर्दै आएको पाइन्छ । जनश्रुती र पौराणिक कथाअनुसार जति हिन्दू धर्ममा मनाउ“दै आएका चाडपर्वहरु छन् ती सबैमा सामाजिक मर्यादा कायम राख्दै समाज उपयोगी छन् । जसले गर्दा सधै सदाचार, सह–अस्तित्व रहि राख्दछ । यी सबैमा वैज्ञानिक कारण छन् । हामीले बुझ्न र बुझाउन नसक्नुको कारणले गर्दा आज हाम्रा चाडपर्वहरुको महत्व कम हु“दैछ ।
त्यसैले हामीहरुले वास्तविक महत्वलाई बुझ्ने प्रयास गर्नुपर्दछ । जसले गर्दा विश्वमै बेग्लै पहिचान बोकेको हाम्रो धर्म संस्कृतिको महत्व दिन प्रत्येक दिन बढ्नेछ । यही नै हाम्रो पहिचान हो । यही नै हाम्रो धर्म हो । यही नै समस्त वैदिक सनातनीहरुको कर्तव्य हो ।


