सिन्दुर किन लगाउने? सिन्दुरको महत्व धार्मिक ; बैज्ञानिक मान्यता

सम्भावित प्रश्न उत्तर सहित
धार्मिक : हिन्दु धर्म अनुसार बिवाहित महिलाले सिन्दूर लगाउने परम्परा रहदै आएको छ यो पहिचान मात्र नभई वेद पुराण आदि ग्रन्थहरुको निर्देश पालना मानेको भन्ने बुझिन्छ सिन्दुर लगाउनाले पतिको आयु ऐश्वर्य वृद्धि हुने मूल्य मान्यता रहि आएको छ ।

बैज्ञानिक अर्थ के छ? :– सिन्दूर केवल रङ मात्र नभएर बेसार कागति र पारोको समिश्रणबाट बनेको हुन्छ पारोले रक्तचाप सन्तुलन गर्न सहयोग पुराइराखेको हुन्छ मस्तिष्क निधारमा स्नायु ग्रन्थी आदि हुने र यीनलाई पारोको मात्राले लाभ हुने गर्दछ । पारोले तनाब बाट पनि मुक्त गराउन मद्दत गर्ने भएकाले पीयूष ग्रन्थी देखि निधारको मध्यम भाग सम्म लगाउने गरिन्छ साथसाथै काम वासना बढाउने र आंशिक मात्रामा उत्तेजनामा वृद्धि हुने हुनाले यो लाभदायक हुने गर्दछ त्यसैले बिधवा वा एकल नारिले सिन्दुर को प्रयोग नगर्नु बैज्ञानिक दृष्टिकोणले पनि उचित मानिन्छ र हिन्दु धर्म अनुसार बिधवा र एकल नारिलाइ सिन्दुर बर्जित गरिएको हुन्छ ।

कुन स्थानमा लगाएको सिन्दुर उत्तम? : सिन्दुर लगाउने भएकाले दुइतीर कपाल लैजादा बिचमा खालि जस्तो देखिने भागलाइ सिउदो नामाकरण गरिएको हो पछिल्लो समयमा सिन्दुर संस्कार मात्र नभइ फेसन बन्न थालेको छ कसैले दाहिने आखा माथि छड्के सिउदो बनाएर त कसैले बायाँ तर्फ सिउदो बनाएर लाउने गरेको पाइन्छ तर त्यसो नभई सिन्दुर नाक बाट सिधा माथी बनाइएको सिउदोमा लगाउनुपर्दछ हिन्दु धर्मका अनुसार दायाँ बायाँ लगाइएको सिन्दुरले पतिको आयु ऐश्वर्यको हानि गर्दछ भनेर व्याख्या गरेको पाइन्छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस