तुलसीपुरका विद्यालय दुई दिन बन्द


दाङ तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। केही दिन यता दाङमा अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुँदै आएका छन ।

तुलसीपुर उपमहानगरपालिकाका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिएका छन।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस