मिडिया सञ्चालक र श्रमजीवि पत्रकार

आमसञ्चार भन्नाले दुई वा दुई भन्दा बढी व्यक्तिहरुका विचमा सूचना सम्प्रेशन गर्ने माध्यम पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतकालाई बुझिन्छ । यी माध्यम सञ्चालन गर्नेलाई मिडिया सञ्चालक भनिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । उन्नत समाजको मूल्याङ्कनको आधार सञ्चार माध्यम हो ।


मिडिया सञ्चालकले सेवाको भावना लिँदै नाफालाई केन्द्रबिन्दुमा राखेर व्यवसाय सञ्चालन गरेको हुन्छ । पत्रकारले सहि सूचना सम्प्रेशन गरे वाफत मिडिया सञ्चालकबाट सेवा सुबिधा पाउने गर्दछ । विश्वका हरेक कुनाका व्यक्तिहरु विश्वभरको गतिबिधि र मानिसको बारेमा जान्ने बुझ्न ईच्छुक हुन्छन् । ती सबै काम आमसञ्चारका माध्यमबाट सम्भव भएको छ । मानिसको जीवनको पर्याबाचीको रुपमा रहेको आमसञ्चारलाई मिडिया सञ्चालकले निहित स्वार्थमा प्रयोग गर्नु हुँदैन । अहिले आमसञ्चारमाध्यमको प्रभाव असीमित छ । मिडियाको प्रभाव समाजमा प्रत्यक्ष र अप्रत्यक्ष पर्छ तसर्थ सहि सूचना सम्पे्रशन गर्नु सबैको कर्तव्य हो । मिडिया सञ्चालक मिडियाकर्मी र पत्रकार सबै समाजका सदस्य हुन् ।



सबै मिडियाकर्मी पत्रकार होईनन् तर सबै पत्रकार मिडियाकर्मी हुन् । समाजमा आमसञ्चारको शक्ति अतुलनिय छ । समाज रुपान्तरमा आमसञ्चार सञ्चालन गर्ने सञ्चालकको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यहि सञ्चालक माथी प्रश्न उठेपछि समाज दिगभ्रंमित हुनु स्वभाविकै हो । तसर्थ नीति निर्माणको तहमा रहनेले मिडिया सञ्चालक, मिडियाकर्मी र पत्रकारले सम्प्रेशन गरेका अन्तर्वस्तुलाई केलाउनु पर्दछ । मिडियाले विभिन्न पक्षबीच सेतुको काम गर्ने गर्दछ । विश्वसनीय, जनमुखी, पूर्वाग्रहरहित र उत्तरदायी पत्रकारिताले मात्र मानिसलाई कुनै विषयमा सोच्न प्रेरित गर्न सक्छ भने बिभिन्न पक्ष प्रतिपक्ष बिच सेतुको काम गर्न सक्छ ।

अहिले समाजमा पत्रकार र मिडिया सञ्चालकको व्यक्तिगत चरित्रका कारण पत्रकारहरु वदनाम भैइरहेका छन् । समाजले मिडिया सञ्चालकलाई पनि पत्रकारको दर्जा दिईदिन्छ र उनले पनि आफू समाजमा पत्रकार भनेर चिनाउने प्रयास गर्छन् । आफुलाई प्रबुद्ध भन्ने ब्यक्तिहरुले त सञ्चारगृह सञ्चालक र पत्रकारहरुको कार्यक्षेत्रलाई छुट्टयाउन सक्दैनन् भने सोझा साझा नेपालीले कसरी छुट्टयाउलान ।



मिडियाको कार्यसूची निक्र्योल गर्ने भूमिका सार्वजनिक कार्यसूची र नीतिगत कार्यसूचीसँग समाहित हुन सकेको खण्डमा मात्र समाज परिवर्तन संभव हुन्छ । समाजले सहि सूचना पाउन सक्छ । समाचार प्रकाशनसँग सम्बन्धित जस–अपजस सबै उसको सम्पादकमा निहित रहन्छ भने उत्तरदायित्व सञ्चारगृह सञ्चालन गर्ने सञ्चालकमा रहन्छ। राजधानीबाट सञ्चालन भएका ठुला सञ्चार गृह सञ्चालकका वारेमा पटक पटक समाचार आउने गरेका छन् । उनका गतिबिधी र उनका दिनचर्याको बारेमा छताछुल्ल समाचार आएका छन् । स्वरोजगार तथा साना लगानीबाट सञ्चालन भएका सञ्चारमाध्यम तथा श्रमजीवि पत्रकारहरुको अवस्था दयनीय देखिएको छ । सबै सञ्चारमाध्यमहरु तथाश्रमजीवि पत्रकारहरु पनि सोचे जतिकै आर्थिक रुपले बलियो हुन सकेका छैनन् । राज्यले साना लगानी तथा स्वरोजगारका लागि सञ्चालनमा आएका सञ्चारमाध्यमहरुलाई भन्दा ठुला सञ्चार गृहले सम्प्रेशनको समाचारलाई प्राथमिकतामा राख्ने गरेको छ । यर्थातमा मिडिया ठुला साना हुदैन उसले प्रस्तुत गर्ने सूचनाको विश्वसनियतामा भर पर्दछ ।



स्वरोजगारमूलक सञ्चार माध्यमले पनि राजनीतिक अधिकारसँगै राष्ट्र, राष्ट्रियता, सार्वभौम अखण्डताको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेका हुन र खेल्दै आएका छन् । मिडिया सञ्चालक, मिडियाकर्मी र पत्रकार यहि समाजका सदस्य हुन र यहि समाजका उपज हुन् । उनले समाज राष्ट्रकोलागी सहि सूचना संम्प्रशेन गर्नु उनको पनि कर्तब्य हो। ती सूचनालाई राष्ट्रले प्रथामिकतामा राख्नु पर्दछ । अहिले समाजमा पत्रकार र मिडिया सञ्चालकको व्यक्तिगत चरित्रका कारण पत्रकारहरु वदनाम भैइरहेका छन् । समाजले मिडिया सञ्चालकलाई पनि पत्रकारको दर्जा दिईदिन्छ र उनले पनि आफू समाजमा पत्रकार भनेर चिनाउने प्रयास गर्छन् । आफुलाई प्रबुद्ध भन्ने ब्यक्तिहरुले त सञ्चारगृह सञ्चालक र पत्रकारहरुको कार्यक्षेत्रलाई छुट्टयाउन सक्दैनन् भने सोझा साझा नेपालीले कसरी छुट्टयाउलान । केही सञ्चारकर्मी र सञ्चालकका बदनीयतका कारणले गर्दा अहिले नेपालमा पत्रकारीता जगत बदनाम भैईरहेको छ । समाजले सवैलाई एउटै नजरले हेर्नु हुदैनथ्यो तर हेरिदिन्छ । सञ्चारमाध्यम र श्रमजीवि पत्रकारहरु माथि हुने साङघातिक आक्रमण हुने कारण यहि हुन सक्छ । त्यसकोलागी पत्रकारहरु पनि सच्चिनु जरुरी छ । पत्रकारहरुको साझा सङगठन पत्रकार महासंघले समाजलाई बुझाउन सकिरहेको छैन् । अहिले सञ्चारमाध्यमहरुको सङख्यात्मकरुपले बृद्धि भएपनि गुणात्मक बृद्धि हुन सकेन ।



त्यसकारण राज्यले नेपाली सञ्चारमाध्यमहरुले हालसम्म पु¥याएको योगदानको मूल्याङकन गरी श्रमजीवि पत्रकार र नेपाली सञ्चारमाध्यमहरुको वर्तमान अवस्थाका बारेमा बुझ्न जरुरी छ । सञ्चारमाध्यमहरुले प्रकाशन गरेका सामाग्रीहरुको आधारमा बर्गीकरण गरी समानुपातिक दरले विज्ञापन वितरण गर्दै आर्थिक पाटोमा बलियो बनाउनुु पर्दछ । त्यसका लागि ठोस योजनाहरु अघि सार्नु राज्यको मुख्य कदम हुनेछ । यसैगरी राजनीतिक दलहरुले सञ्चारमाध्यमहरुलाई आफ्नो मुखपत्रको रुपमा प्रयोग गर्ने प्रयास गर्दछन् । केही सञ्चालक र सञ्चारकर्मीहरु प्रयोगमा आइदिन्छन जसको कारण समाचार पुर्वाग्रही हुन सक्छ । यो प्रबृतिका कारण नेपाली सञ्चारमाध्यम सोचेअनुरुप फड्को मार्न नसकिरहेको अवस्था छ । त्यस्तै पत्रकारीतामा एउटा युवा पङक्तिहरुको ठुलो आकर्षण छ । यो लहरलाई सही तरिकाले व्यवस्थापन गर्न पनि उक्तिकै अहिले आवश्यक्ता देखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस