जुठो खाँदा प्रेम होइन, लाग्छन् यी पाँच रोग

अहिले समय परिवर्तनसँगै मानिस एकदमै एकअर्कासँग घुलमिल हुन थालिसकेका छन् ।

परिवार मात्र नभएर साथी वा जो कोहीसँग पनि सँगै बसेर खाँदा जुठो खाना सेयर गर्ने चलन बढ्दो छ । तपाईंले सुन्नुभएको पनि होला एकअर्काको जुठो खाँदा प्रेम बढ्छ । तर, यस्तो होइन्, जुठो खाँदा नोक्सान पनि हुन सक्छन् । जसलाई जान्न एकदमै जरूरी हुन्छ ।

जुठो खाँदा पेटसँग जोडिएका समस्याहरू हुन सक्छन् । तपाईंलाई थाहा पाएर हैरान होला, कैयौंपटक जुठो खाँदा एसिडिटी र ग्यासजस्ता समस्याहरू पनि हुन सक्छन् ।

जुठो खाँदा संक्रामक रोगहरू फैलने खतरा पनि हुन्छ । यस्तो स्थिति त्यतिबेला हुन्छ, जब तपाईं कसैको जुठो खानुहुन्छ । यसले कुनै प्रकारको ब्याक्टेरियल तथा भाइरल संक्रमण हुने गर्छ ।

जुठो खाँदा मानिसलाई एलर्जीको समस्या हुन सक्छ । कोही व्यक्तिको जुठो खाँदा उसको –याल खानेकुरामा मिसिन्छ । जसले जुठो खाने व्यक्तिलाई एलर्जी हुने खतरा हुन्छ ।

त्यस्तै, जुठो खाँदा तपाईंको मुखबाट खराब गन्ध आउने समस्या पनि हुन सक्छ । यदी यस्तो समस्या पहिले नै भएको व्यक्तिको जुठो खानुहुन्छ भने तपाईंमा पनि त्यस्तो समस्या अवश्य हुनेछ ।

जुठो खाँदा दाँत तथा गिँजासम्बन्धी समस्या पनि हुने गर्छ । यसले क्याबिटिजको समस्या तथा गिजाबाट रगत आउने समस्या पनि सर्ने सम्भावना अत्यधिक हुन्छ ।

विभिन्न समस्याबाट बच्नका लागि तपाईंले अरूको जुठो खानुहुँदैन, साथमा जुठो भाँडा पनि प्रयोग गर्नु हुँदैन । प्रेम बढाउनका लागि आ–आफ्नो भाँडामा खानु नै सही हुन्छ । जुठो खानु भनेको रोगलाई बढावा दिनु मात्रै हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस