घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तारलाई लक्षित गर्दै अहिले चिकित्सकहरु थप्नेक्रम सुरु भएको छ ।
प्रतिष्ठानमा नयाँ रजिष्ट्रारकारुपमा प्राध्यापक श्याम लम्साल आए लगत्तै धमाधम नयाँ चिकित्सकहरु थपिनेक्रम सुरु भएको छ । रजिष्ट्रार लम्सालले आफु सेवा विस्तारमा प्रतिवद्ध भएर लागेको भन्दै निकट भविष्यमा प्रतिष्ठानमा सञ्चालन हुने एमविविएसको पठनपाठन र अस्पतालको सेवा विस्तारमा ध्यान दिदै चिकित्सकहरु आउनेक्रम सुरु भएको बताउनु भयो ।
यसैक्रममा प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्टरुपमा डा. राजेश निरौला आउनु भएको छ । विरेन्द्रनगर, सुर्खेत निवासि निरौला मंगलवारदेखी सेवा सुरु गर्नु भएको छ । सिटि स्क्यान र एमआरआई सेवालाई ब्यवस्थित बनाउन नयाँ रेडियोलोजि थपिएको र अन्य चिकित्सकको संख्या बढाउन पहल भइरहेको रजिट्रार लम्सालले बताउनु भयो ।
कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखी कार्यरत डा.निरौला असिस्टेण्ट प्रोफेसरकोरुपमा प्रतिष्ठानमा कामकाज गर्नुहुनेछ ।


