तुलसीपुर । भोलि बैशाख २९ गते सनिबार तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनका हुदैछ । यहि निर्वाचनका लागि यतिवेला चुनावी सरगर्मी बढेको छ । काँग्रेसको तर्फवाट विनिल केसीले नेतृत्व गरेका छन भने अर्का काँग्रेसका ललितजंग शाहले गठवन्धनको नेतृत्व गरेका छन । यि दुवै प्यानलहरु पसल–पसलमा पुगेका छन । मतदातालाई आप्mनो पक्षमा ल्याउनका लागि हर प्रयास पनि गरेका छन ।
सरसर्ती हेर्दा दुई वटा यि ब्यापारिक समूहबीच चुनाबी प्रतिस्पर्धा कडा हुने देखिन्छ । यि उम्मेदवारहरुले राजनितिकरुपमा प्रत्यक्ष सहयोग भएको देखिन्छ । लामो समय देखि रिजालको पारिवारिक या रिजालहरुले जे चाहे त्यहि हुने भन्दै यता दुइ कार्यकाल उपाध्यक्ष भइसकेका ललितजंग शाहले सिन्डिकेट तोड्न लागि परेका छन भने युवाहरुको भावना समेट्नलाई आप्mनो उम्मेदवारी भएको विनिल केसीले वताउदै आएका छन ।
ललितजंग शाहको टिममा काँग्रेसका आधि भन्दा वढि खुलेर लागेका छन भने साथमा तुलत्सीपुरका क्रियाशिल एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चालगायत राजनीतिक दलका व्यवसायीहरुले पनि समर्थन जनाएका छन् । यस खेमालाई प्यानललाई काँग्रेसको एक खेमाले पूर्ण रुपमा समर्थन गरेको देखिन्छ । संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु लगाएतका यहि ललितजंग शाहको खेमामा छन् ।
चुनावमा कसले जित्ला ?
दुबै पक्षका उम्मेदवारले आ–आफ्नै जित्ने आधार प्रस्तुत गर्छन् । गठवन्धनको नेतृत्व गरिरहेका शाहले काँग्रेसका आधा भन्दा वढि मत आफूलाई आउने दावी गर्छन् । त्यसमा एमाले, माओवादी केन्द्रसहित गठबन्धनमा समावेश भएका दलहरुको मत थप हुँदा सजिलै जित्न सक्ने उनले दावी गर्छन् । त्यसैगरि लामो समयसम्म रिजालको एकलौटी राज हुने त्यो पनि पारिवारिक उम्मेदवारले मात्रै उम्मेदवार हुने भएकोले पनि व्यवसायीहरु रुष्ट भएको व्यवसायीहरुले आकलन गर्न थालेका छन । त्यसलाई तोड्न सकिन्छ भन्दै काँग्रेस व्यवसायी समेत लागि परेका छन ।
यता विनिल के.सी.को नेतृत्वले युवाहरुको भावनालाई कदर गर्ने भएकोले आप्mनो टिमले जित्ने दावि गरेका छन । काँग्रेशको पुरा सहयोग भएकोले जित्ने दावि गरेका हुन । यस क्षेत्रमा दिनदिनै युवाहरु व्यवसायवाट पलायन हुन थालेको भन्दै युवाहरुको भावनालाई राम्रोसँग वुभ्mने टिमनैं हाम्रो टिम भएकोले जित्ने आधार भएको वताए । ललितजंग शाहको टिमले सिन्डिकेट तोड्ने यता विनिल केसीको टिमले युवाको भावना जोड्ने भन्ने मूल चुनावी नारा हुन कि जस्तो देखिन्छ ।
सरसर्ती हेर्दा दुवैले आ–आफै जित्ने दावि गर्दे आएका छन भने यस चुनावका लागि ३ हजार ४ सय ७४ मतदाता रहेका छन दुबैले व्यक्तिगत रुपमा आ–आफ्ना मतदाता बनाएका छन् । दुबै पक्षले धेरै मतदाताको सम्पर्क नम्वर पनि आफ्नै सम्पर्क नम्बर राखि आफैले नै ब्यबसाय दर्ता गरिदिएको देखिन्छ । तर अहिले पहिचान नभएका ब्यबसाय दर्ता गरेका धेरै जनाको नामावलीमा समावेश छ । यो चुनावी प्रोपोकान्डा भन्दा अरु नभएको व्यवसायीहरुको वुझाइ छ ।
काँग्रेस पक्षधरका व्यवसायीहरु एक ढिका हुने हो भने कसैको पनि चुनावी मैदानमा जाने आट नैं हुदैन । चाहे त्योे अन्य सामाजिक क्षेत्रमा किन नहोस । तर काँग्रेसको आन्तरिक मतभेदका कारण अन्य राजनितिकदलका व्यवसायीहरु लगाएतकाले स्थान पाउदै आएका छन ।