जति धेरै हाँस्यो उति नै धेरै फाइदा

शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाउनका लागि हाँस्नु एकदमै महत्वपूर्ण हुन्छ ।

हाँस्दा तनाव कम हुन्छ । साथै यसले कैयौं रोगहरूलाई निको बनाउने पनि काम गर्छ । आज जानौं हाँसेर शरीरमा हुने फाइदाहरूका बारेमा–

  • अहिलेको समयमा मानिसहरू घर तथा अफिससँगै आफ्नो भविश्यको तनावले हाँस्न बिर्सिसकेका छन् । अत्यधिक तनाव लिने गर्दा सानो उमेरमै हृदयघात जस्तो प्राणघातक स्थिति पनि आउने गर्छ । यस्तोमा शरीरलाई स्वस्थ राख्नका लागि लाफ्टर थेरापी यानिकी हाँस्नु एकदमै जरूरी हुन्छ ।
  • हाँस्दा शरीरमा ह्याप्पी हर्मोन रिलिज हुन्छन् । जसले गर्दा तपाईं प्राकृतिक तरिकाले नै राम्रो महसुस गर्नुहुन्छ र तनाव आफै कम हुँदै जान्छ ।
  • हाँस्नाले शरीरमा एन्टीबडी उत्पादनमा वृद्धि हुन्छ । त्यसैले धेरै हाँस्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । जसले गर्दा त्यस्तो व्यक्ति छिटो बिरामी पर्दैन ।
  • धेरै हाँस्ने व्यक्तिको शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ । हाँस्दा शरीरमा अक्सीजनको मात्रा पनि बढ्ने गर्छ ।
  • हाँस्नाले अनिद्राको समस्या पनि कम हुन्छ । हाँस्दा शरीरमा मेलाटोनिन हर्मोनको निर्माण हुन्छ, जसले निद्राको गुणस्तरलाई बढाउने काम गर्छ ।
  • हाँस्नु शरीरसँगै छालाका लागि पनि फाइदाजनक हुन्छ । हाँस्ने व्यक्तिको अनुहारका मांसपेशीहरूमा राम्रो कसरत हुन्छ । जसले गर्दा छालामा चमक आउनुका साथै चाउरीपना तथा बुढ्यौली पनि छिटो हुँदैन ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस