हङकङ :शौचालयभित्र लुटपाट मच्चाउने चार जना पक्राउ

सोमबार युनलङको यानलोक स्क्वायरमा रहेको सार्वजनिक शौचालयमा लुटपाट मच्चाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

सन्दिग्धहरूले हिजो शौचालयमा ३५ वर्षीय पुरुषसँग दुई हजार हङकङ डलर लुटेका थिए।

लुटेराहरू १६ देखि १८ वर्षसम्मका केटाहरू रहेको र यीमध्ये दुई स्कुल पढ्दै गरेका विद्यार्थी हुन्।

प्रहरीले जानकारी गराएअनुसार तीन जनाले पीडितलाई शौचालयभित्र कुटपिट गरी लुटपाटमा लागे भने एक जना बाहिर बसेर निगरानी गरे।

प्रहरीले उनीहरूलाई सीसीटीभी क्यामेराको सहायताले पक्राउ गरेको हो। उनीहरू अहिले प्रहरीको हिरासतमा छन्।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस