दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । नेकपा एमालेले भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
यसअघि एमालेबाट चेतनारायण आचार्य र स्वतन्त्र सांसद दीपेन्द्र पुन विना विभागीय मन्त्री हुनुहुन्छ । यस्तै माओवादीबाट कृष्णा केसीको नाम सिफारिस भइसेको छ । जसपाबाट भण्डारीलाल अहिर र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि आजै मन्त्री बन्दै हुनुहुन्छ ।
सत्ता गठबन्धन दलहरूबीच यसअघि माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय तथा एमालेलाई पाँच मन्त्रालय दिने सहमति भएको भएको थियो।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा बेलुका पाँच बजे नवनियुक्त मन्त्रीको मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार