लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

प्रदेशमा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको हस्ताक्षरसहित महरालाई मुख्यमन्त्री बनाउन आज दाबी पेश गरिएको थियो ।

नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका का १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस)का १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गर्नुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचन दलहरूको दाबीलाई सदर गर्नुहुँदै आज नै महरालाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको हो । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ ।

प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस