लुम्बिनी प्रदेशमा यस वर्ष पाठ्यपुस्तक अभाव नहुने

बुटवल । नेपाल सरकारको पूर्ण स्वमित्व भएको जनक शिक्षा सामाग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आगामी शैक्षिक सत्रमा लुम्बिनी प्रदेशमा पाठ्यपुस्तकको अभाव नहुने जनाएको छ ।

अहिले पाठ्यपुस्तक गोदाममा शतप्रतिशत आइसकेको र पाठ्यपुस्तक वितरकसँग किताबको माग संकलनको काम सकेर वितरण सुरु भैसकेको जनक शिक्षा सामाग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख विनय श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रदेशभित्रका दुर्गम जिल्लालाई प्राथमिकताको आधारमा पाठ्यपुस्तक वितरण गरिएको क्रमशः रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा गुल्मी जिल्लालाई प्राथमिकताको आधारमा वितरणमा सुरु भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यहि चैत्र १३ गतेबाट पाठ्य पुस्तक वितरणको भैरहेको र तिन जिल्लामा पाठ्य पुस्तक शतप्रतिशत वितरण भैसकेको छ । प्रादेशिक कार्यालय बुटवलले गत बर्षको शैक्षिक सत्रमा झण्डै १३ लाख ८१ हजार सेट पुस्तकवितरण गरी १८ करोड बढीको पुस्तक विक्रि गरेको र यसबर्ष १५लाख ७८ हजार सेट विक्रिगर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका शैक्षिक सत्रमा कोभिड महामारीका कारण असहज बनेको पाठ्यपुस्तक वितरण आगामी शैक्षिक सत्रको लागि सहज हुने अपेक्षा हुने गरि ब्यवस्थापन मिलाईको छ । यता पाठ्यपुस्तक ब्यवसायिले पनि समयमै किताब विद्यार्थीलाई दिने सक्ने अवस्थामा रहेको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीले बताएका छन् ।

सधैं आधाआधी शैक्षिक सत्र सकिएपछि हातमा किताव पाउने विद्यार्थीलाई समयमै पाठ्यपुस्तक नपाउँदा सास्ती खेप्नु परेको थियो । यसपटक समयै किताव छापिएकाले आगामी दिनमा पाठ्यपुस्तकको बजारमा अभाव नहुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस