बिजौरीको आयुर्वेदमा ‘स्वर्ण प्राशन’ सेवा लिने घुँइचो

बिजौरी । पछिल्लो समयमा अस्पतालले दिन सक्ने सेवाहरु विविधीकरण गर्दै बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले स्वर्ण प्राशन विधिबाट उपचार सेवा लिने संख्यामा उल्लेखिनय भएको छ । नियमित यो सेवा लिन बुधबार विहानैदेखि बालवालिकाहरु लिएर अभिभावक लाममा लागेका थिए ।

वुधबार १५ सय भन्दा जना बालवालिकाले यो सेवा लिएको अस्पतालका बालरोग विशेषज्ञ डा.हरिशंकर चौधरीले जानकारी दिनु भयो । अघिल्लो पटक एक सय जना बालवालिकाले मात्र सेवा लिएका थिए । नयाँ प्रविधिको सेवा लिन बालवालिकाहरुलाई लिएर आउने अभिभावकहरुको यो पटक अत्यधिक सहभागिता रहेको अस्पतालले जनाएको छ ।

जन्मेको एक महिनादेखि ५ वर्षसम्मका सबै बालवालिकाहरु यो सेवा लिन सक्ने छन् । यसका लागि एउटा नियमित कार्ड बनाइ त्यहि कार्डका अनुसार खुवाइने अस्पतालले जनाएको छ ।

बालरोग विशेषज्ञ डा.हरिशंकर चौधरीले बच्चाहरुलाई पनि आयुर्वेद पद्धतिबाट सेवा दिइरहेको जानकारी दिनु भयो । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिने/ लिने गरिन्छ । यो उपचार बच्चाका लागि लाभदायक हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार स्वर्ण प्राशन बच्चाहरूका लागि आयुर्वेदको वरदान हो । उनीहरुलाई बलियो र बुद्धिमानी बनाउनको लागि गर्नुपर्ने कृत्य हो यो । जब घरमा बच्चा जन्मिन्छ, आमाबुबाको खुशीको कुनै सीमा हुँदैन । यो खुशीको अवसरमा सम्पूर्ण परिवार र यहाँसम्म कि आफन्तहरु समेत खुशी मनाउँछन् । यस्तो स्थितिमा आमा बाबुले बच्चाको राम्रो स्वास्थ्यका लागि र रोगहरुबाट बचाउनका लागि केही प्राचीन संस्कारहरु अपनाउँछन् । ताकि बच्चा स्वस्थ रहन्छ र रोगहरुसँग लड्नका लागि सक्षम हुन्छ ।

प्राचीन संस्कारमध्ये एक स्वर्ण प्राशन पनि हो । यो सनातन धर्मको १६ संस्कार मध्ये एक हो । स्वर्ण प्राशन संस्कार आयुर्वेदिक चिकित्साको विरासत हो, जसले बच्चाहरुमा हुने मौसमी रोगहरुबाट बचाउँछ । यसले बच्चाहरूको समग्र स्वास्थ्यमा भूमिका खेल्छ ।

डा.चौधरीकाअनुसार स्वर्ण प्राशन संस्कार जडिबुटी जस्तैः मह, अश्वगंधा, शंखपुष्पी, वाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो । यो धेरै प्रभावकारी छ र प्रतिरक्षा बढाउने खालको पनि रहेको बताइन्छ ।

आयूर्वेद प्रति आम मानिसको अहिले आकषर्ण वढेको भन्दै आयूर्वेद पद्धतीवाट हुने उपचार सबै दिन थालिएको मेसु सन्तोष ठाकुरले जानकारी दिनु भयो । दिनप्रतिदिन आयूर्वेद प्रति उपचार लिने संख्या वृद्धि भैरहेकोले यो अस्पतालको ३० वेड पनि पुरै भरिएको जानकारी दिनुभयो । साथै उहाँले दैनिक १५० देखि २ सय सम्म विरामीहरु उपचार गर्न आएको समेत जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस