गर्मीमा कस्तो पहिरन छनोट गर्ने ?

गर्मी मौसममा मानिस जाडोको दाँजोमा ज्यादा फेसनेबल रहन रुचाउँछन् । विशेषगरी किशोरी÷युवतीहरूको रहनसहनमा त मौसमले झनै परिवर्तन ल्याइदिन्छ । गर्मीमा सकेसम्म हलुका र ‘कुल’ पहिरन गर्दा राम्रो हुन्छ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाइराख्नु जरुरी हुँदैन ।

  • गर्मी मौसममा रंगीन कपडा लगाउनुहुँदैन । एकदमै रातो र कालो रङको कपडाले झनै बढी गर्मी हुन्छ । सेतो, हलुका निलो, पिंक (हलुका रङको) कपडाले ‘कुल’ देखाउन सहयोग पुग्छ ।
  • गर्मीमा धेरै पसिना आउने हुन्छ । त्यसैले पोलिस्टरको कपडा लगाउनुहुँदैन । यसो गर्दा पसिनाको दुष्प्रभावबाट केही हदसम्म बच्न सकिन्छ । बरु, सुतीको कपडा लगाए उत्तम हुन्छ ।
  • घाममा हिँड्दा छाला डढ्ने भएकाले लामो बाहुला भएका हलुका लुगा लगाउनु ठीक हुन्छ । यस्ता लुगाले ‘ट्रेन्डी’समेत देखिन्छ ।
  • महिलाले स्कुटर चलाउँदा फुल स्लिप कपडा लगाउनु राम्रो हुन्छ । गर्मी मौसममा पर्याप्त पानी पिउनुपर्छ, जसले छालामा पनि चमक ल्याउन सहयोग गर्छ ।
  • ‘स्टाइलिस’ देखिने नाममा टाइट कपडा लगाउनुहुँदैन । यतिवेला खुला पहिरन लगाउँदा सजिलो हुनुका साथै गर्मीबाट समेत बच्न सघाउ पुग्छ ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस