दाङ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशनको आजदेखि सुरु हुँदैछ । प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार आज दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।
सरकारले हिउँदे अधिवेसनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ । लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि वस्न सकेको थिएन । लामो समय पछी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न थालेको हो ।
प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु काम बिहिन बनेका थिए । दुई वटा अधिवेसनमा ३५ वटा बैठक सम्पन्न भएका थिए । ५७ घण्टा ३३ मिनेट छलफल हुदा प्रदेशसभाले मुल विधेयक एउटासहित जम्मा चार वटा विधेयक पारित गरेको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार


