सुनको मूल्य बढ्दा चाँदी स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदी भने स्थिर रहेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस