सुन एक सय र चाँदी पाँच रुपैयाँले घट्यो

काठमाडौं : कारोबार हुने साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ कायम हुँदा चाँदी मंगलबार भन्दा पाँच रुपैयाँ सस्तोमा कारोबार हुनेछ।

महासंघका अनुसार चाँदी बुधबार तोलाको १ लाख ३७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस