सुन तोलामा ५०० रुपियाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन प्रतितोला सुनको भाउ एक लाख १८ हजार रुपियाँ रहेको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपियाँले बढेर एक हजार ४०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस