दाङ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १८ हजार पाँच सय रुपैयाँ कायम हुँदा तेवाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य भने आइतबार १ हजार ३९० रुपैयाँ रहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार


