अफ्रिका कप अफ नेसन्स : आइभरीकोस्टसँग सेनेगल टाइब्रेकरमा पराजित

एबिडजन — आयोजक आइभरीकोस्टले लिग चरणमा आफ्नो खराब प्रदर्शनलाई ओझेलमा पार्दै सोमबार सेनेगेललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ । यससँगै आइभरीकोस्ट क्वाटरफाइनल पुगेको छ भने डिफेन्डिङ च्याम्पियन सेनेगलको चुनौती समाप्त भएको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो । सेनेगलले हबिब डिलोको गोलले अग्रता लिएयता फ्रान्क केसीले आइभरीकोस्टका लागि बराबरी गोल फर्काए ।

सन् २००८ यता कुनै पनि डिफेन्डिङ च्याम्पियनले अन्तिम १६ को चरण पार गर्न सकेका छैनन् । यसअघिको अर्को खेलमा केप भार्डेले मौरटानियालाई १–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्‍यो । त्यसमा रायन मेन्डिसले पेनाल्टीबाट निर्णायक गोल गरे ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस