शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रूपैयाँ कायम

काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ।

जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्य कायम गरिएको थियो।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ। बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस