काठमाडौँ । गुराँस लघुवित्तको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बढेको छ । कम्पनीले ७७ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको हो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा यसले २ लाख ४७ हजार रूपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रूपैयाँ पुगेको र सञ्चालन नाफा ७९ लाख ७६ हजार रूपैयाँ छ । यसैगरी पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ । प्रति सेयर आम्दानी १५ रूपैयाँ २४ पैसा र प्रति सेयर नेटवर्थ १२९ रूपैयाँ ६७ पैसा छ । चुक्ता पुँजी १० करोड १४ लाख रूपैयाँ छ ।
प्रकाशित मिति : २०८० माघ १० गते बुधवार


