दाङ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिज इन्टरनेशनल अन्तर्गतको क्लब लर्ड बुद्धको प्रमाणपत्र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विभिन्न क्षेत्रको व्यक्तिहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिज क्लब अफ लर्ड बुद्धको प्रमाणपत्र वितरण गरिएको हो । क्लबमा बंशीकुमार शर्माको अध्यक्षतामा २६ सदस्य रहेको छ ।
२६ सदस्यीय समितिले बंशीकुमार शर्मा चार्टड प्रेसिडेन्ट अध्यक्ष प्रेसिडेन्ट इलेक्ट नारायणी रजौरे, भाइस प्रेसिडेन्ट रणेन्द्र बिक्रम केसी, सचिबमा दामोदर बस्नेत (राकेश), कोषाध्यक्ष बसन्त श्रेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । क्लवका अध्यक्ष बंशीकुमार शर्माको अध्यक्षता तथा किवानिज ईन्टरनेशनलका बोर्ड डाइरेक्टर श्री मोहन लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

किवानिज ईन्टरनेशनल नेपालका निवर्तमान गर्भनर लक्ष्मण लम्साल, डिभिजन ५ का एलटि गर्भनर भुपाल रावत, डिभिजन ५ का ईलेक्ट गर्भनर बिमल पोखरेल, तुलसीपुर उपमहानगर पालिकाकी उपमेयर स्यानी चौधरी, राप्ती क्लबका नवराज रेग्मी, मेट्रो क्लबका हेमराज डाँगी, युनिक क्लवका शंकर भट्टराई, सरयु गंगा क्लवका सपना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति मोहन लम्सालले ‘किवानिज क्लवले विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने बताएका थिए । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालीन योजना बनाएर अगाडि बढनु पर्ने उनको धारणा थियो । बालबालिकालाई शारीरिक, बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने सुझाव दिए । उनले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजानु पर्ने उनको तर्क थियो ।
त्यसैगरी अर्का अथिति निर्वतमान गर्भनर लक्ष्मण लम्सालले किवानिज क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्दै आएको छ सधै बालबालिकालाई खुसि तुल्याउनु पर्दछ । किवानिज इन्टरनेशनले एक शताब्दी पार गरिसकेको सामाजिक संस्था हो । ‘हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।’ भन्ने नारा सहित क्लबले काम गरिरहेको निर्वतमान गर्भनर लम्सालले बताए । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उनले जानकारी दिए ।
तुलसीपुर उपमहानगर पालिका उपप्रमुख स्यानी चौधरी, डिभिजन ५ का लटि गर्भनर भुपाल रावत, डिभिजन ५ का ईलेक्ट गर्भनर बिमल पोखरेल लगायतको अतिथिहरुले लर्डबुद्धलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए भने किवानिज क्लव लर्डबुद्धले किवानिज क्लव ईन्टरनेश्नल बोर्ड अफ डाईरेक्टरमा निर्वाचित मोहन लम्सालर्ला सम्मान गरेको थियो भने निर्वतमान गर्भनर लक्ष्मण लम्सालको कार्यकालमा बिश्वमा धेरै क्लव खोल्ने डिष्ट्रिकमा तेश्रो पार्न सफल भएकोमा सम्मान गरेको थियो । क्लवका उपाध्यक्ष रणेन्द्र बिक्रम केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दामोदर बस्नेत (राकेश)ले गरेका थिए ।


