तुलसीपुर ।
कालिका मालिका किसान जलुके सामुदायिक बन उपभोक्ता समुह विजाैरीको २२ औ साधारणसभा भएकाे छ ।
समुहका अध्यक्ष गदुलाल चौधरीको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासघ दाङका सदस्य भुप बहादुर केसी को प्रमुख अतिथ्यतामा साधारणसभा भएकाे हाे ।
कार्यक्रममा स्थानिय महासंघ तुलसीपुरका सदस्य पलबहादुर केसी, सब-डिभिजन बिजौरिका फरेस्टर बिरजंग वली, तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुका साथै समयमै साधारण सम्पन्न गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभएकाे हाे ।
त्यस्तै कार्यक्रममा बिजौरि उद्याेग वाणिज्य संघका अध्यक्ष रेस्मिराज खडका ,नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य यज्ञबहादुर बस्नेत , नेकपा एमाले १८ नम्बर वडा कमिटी अध्यक्ष मुकेस ओली , नेकपा माओवादी १८ नम्बर वडा कमिटी अध्यक्ष लोक बहादुर बहकरि , नेकपा इन्चार्ज तथा झरना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष खडक बहादुर ओली , माल बिजौरि टोलबिकास समितिका अध्यक्ष बिदुर गौतम , वडा नम्बर १९ का महिला सदस्य रेवती बिश्वकर्मालगाएतले बाेलेका हुन् ।
त्यस अवसरमा संस्थाकाे आर्थिक तथा प्रगति प्रतिवेदन तथा कार्यक्रमकाे सहजीकरण समुहका कोषध्यक्ष बिक्रम चौधरीले गर्नु भएको हाे ।