हाम्रो पहुँचका शेयर सदस्य केसीको परिवारलाई राहत प्रदान 


दाङ । 
दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले मृत्यु राहत कोष रकम प्रदान गरेको छ ।

संस्थाले आज (सोमबार) तुलसीपुर ७ गणेशपुरका शेयर सदस्य मृतक रेमबहादुर केसीको परिवारलाई मृत्यु राहत कोष बाफतको १० हजार रकम घरमै पुगेर हस्तान्तरण गरेको हो । 

संस्थाको सदस्य बन्दा एक हजार रुपैयाँ जम्मा गर्ने नीति अनुसार राहत कोषमा रकम जम्मा हुने गरेको छ । सोही कोषको पैसा शेयर सदस्यको मृत्यु भएमा राहत स्वरुप उपलब्ध गराउने गरेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

संस्थागत विकासका लागि केसीको महत्वपूणर् योगदान रहेको स्मरण गर्दै उहाँको निधनले स्तब्ध भएको बताउनुभयो । अध्यक्ष भण्डारीले मृतक केसीप्रति श्रद्धाजली ब्यक्त गर्र्दै परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

राहत कोषमा आवद्ध भएपछि सदस्यलाई जटिल प्रकारका रोग लागेमा, प्राकृतिक विपत्तिबाट क्षति भएमा र सदस्यको मृत्यु भएपछि परिवारलाई राहत वितरण गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । 

संस्थामा गतवर्षदेखि संचालनमा आएको राहतकोष कार्यक्रमबाट मृतक केसीको परिवारलाई राहत कोष अन्तर्गतको १० हजार राहत रकम प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बताउनुभयो ।

२०७१ सालमा शेयर सदस्य बनेका केसीको ५७ वर्षको उमेरमा उच्च रक्तचापका कारण उपचारका क्रममा भदौ ५ गते भारतमा निधन भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस