काठमाडौँ / घोराही सिमेन्टको आइपीओ आइतबार दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आइपीओ आज असार ३१ गते नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुने भएको हो।
कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो। फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो।
असार २५ गते बिक्री बन्द हुँदासम्म घोराहीको आइपीओमा ६ लाख ७३ हजार ८३९ जना आवेदकको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।
यसआधारमा आइपीओमा आवेदन दिएका सबै आवेदकले न्यूनतम १० कित्ता र केहीले सोभन्दा बढी नै सेयर पाउने देखिन्छ।
प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार