सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ४८० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस