वनको संरक्षण गर्न वनसँगै कलाकार

तुल्सिपुर । वनसँग सेलिबे्रटी कार्यक्रम बुधबार तुलसीपुरको  राप्ती शान्ती उद्यानमा भएको छ । लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथाडिभिजन वन  कार्यालय दाङको आयोजनामा राष्ट्रिय तथा स्थानियस्तरका  कलाकारको सहभागितामा कार्यक्रम भएको हो । 

सामुदायीक वनको संरक्षण गरि पर्यावरण संरक्षणमा टेवा  पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको हो । त्यस्तै वन तथा वातावरणसंरक्षणमा चासो अभिबृद्धि गर्न तथा प्रचार प्रसार एबं प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको 

वास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनु भयो । उहाँका अनुसार दाङमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

त्यस्तै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद  श्रेष्ठले वन तथा वातावरणको संरक्षण गर्न सबैे उत्तिकै जिम्मार हुनुपर्नेबताउनुभयो । उहाँले सामुदायीक वनमध्ये श्रीगणेश सामुदायीक वनमा रहेको राप्ती शान्ती उद्यान पर्यटकिय स्थलको रुपमा विकसित हुदै गएकाले सो स्थल छनौट गरिएको बताउनुभयो । 

कार्यक्रममा गायिका टिका सानु, गायिका सुष्मा ग्रिसलगाएतका कलाकारले आआफ्नो कला मार्फत वन वातावरण संरक्षण सम्बन्धिजनचेतनामुलक प्रस्तुती  राखेका हुन् । 

कार्यक्रममा उद्यानको बारेमा व्यवस्थापन समितीका अध्यक्ष डिल्लीराज भण्डारीले अवधारणपत्र प्रस्तुत गर्नुभएको हो । कार्यक्रममावातावरण संरक्षण सम्बन्धि बिभिन्न प्रस्तुतीहरु  राखिएको हो । 

डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठको अध्यक्षतामा  कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस