काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँलेपीडितहरुलाई ढुक्क भएर घर फर्किन आग्रह समेत गर्नुभएको हो ।
अनुचित लेनदेन सम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र संसदले प्रतिस्थापन गर्न बनेको विधेयक संसदले पास नगरेपछिनिष्क्रिय भएको छ । त्यसको विरोधमा मिटरब्याज पीडितहरुले आज (आइतबार) संसद भवन अगाडि भर्ना दिएका हुन् ।
नयाँबानेश्वरस्थित धर्नास्थलमा पुगेर पीडितहरुलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुलाईन्याय दिलाउने काम कुनै हालतमा नरोकिने दाबी गर्नुभयो ।
अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले ढुक्क हुन पीडितहरुलाई आग्रह गर्नुभएको हो।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार


