विजौरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी

विज्नेस फास्ट ट्रर्‍याकमा रेश्मीको रेश, पछिपछि शिव र लेखनाथ

विजौरी । असारे मौसममा पनि विजौरी उद्योग वाणिज्य संघको अधिवेशनको माहौल थप तातिएको छ । विजौरी उद्योग वाणिज्य संघको नेतृत्वमा उम्मेदवारी दिएका तीन खेमा छन् । एउटा कांग्रेस समर्थक रेश्मी खड्का नेतृत्वको पुरै प्यानल, अर्को लेखनाथ (पुयटे) नेतृत्वको अर्को प्यानल र अर्को प्रतिसोधको भावनामा पुरै टिम बनाउन नसकेको रास्वपाका नेता शिवराज नेतृत्वको अर्को अधुरो प्यानल । यीनै तीन नेतृत्वविच विजौरी उद्योग वाणिज्य संघको निर्वाचन हुंदै छ , सनीवार । निर्वाचन कमिटिले मतदानको प्रक्रिया सुरु गरीसकेको छ ।

उदाउदो बजार विजौरी । रोल्पा र दाङलाइ एउटा सडक राजमार्गबाट जोड्ने र सुन्दर भविस्य बोकेको यो बजार । तर पनि यहां व्यवसायीक एकता सुन्य रह्यो । जित्नेमा भन्दा हराउनेमा यहांका दिग्ग्ज व्यावसायी लागीपरेका छन् । उनीहरु घण्टि चिन्हबाट उम्मेदवार दिएका छन् । किनभने उनीहरुले पनि अहिले सम्म पनि रवि लामिछानेको वाह्र भाइको भाषा फेर्न सकेका छैनन् । भर्खरै कांग्रेस छाडेर गएका र अहिले अध्यक्षको उम्मेदवारी दिएका शिव खत्री त्यहि पार्टिका उम्मेदवार हुन् । उनको एउटै चाहना के छ भने जसरी भएपनि कांग्रेसका आधिकारीक उम्मेदवारलाइ हराउने । किनकि उन ीभर्खरै कांग्रेस छाडेको कारण कांग्रेसले हार्यो भन्ने सन्देश दिन चाहन्छन् ।

साच्चै कांग्रेस हारेको अनुभुति दिलाउननै घण्टि पार्टिको उम्मेदवारी हो भने हामीलाइ केहि छैन, तर त्यो पार्टिका उम्मेदवारले कुनै व्यवसायीक एजेण्डा लिएका छैनन्, खालि मिडिया र कांग्रेसलाइ मात्रै गालि गर्ने हो’, विजौरी उद्योग वाणिज्य संघका एक मतदाताले भने । स्वतन्त्र पार्टिको कुनैपनि व्यवसायीक एजेण्डा छैन, सकेसम्म पहिलो रेशमा रहेकालाइ हराउने मात्रै हो । हो साच्चै शिव खत्रिका प्रशंसक व्यवसायीले पनि त्यस्तै अभिव्यक्ति दिए । उनले आफ्नै पशलमा पत्रकारहरुलाइ वाह्रभाइको उपमा दिंदै तथानाम प्रचार गरीरहेका थिए । बसन्त हो उनको नाम । उनी निर्धक्क भनिरहेका थिए, ठुलापार्टिलाइ हराउनुनै हाम्रो प्रमुख भुमिका रहन्छ । उनले मिडियालाइ यसरी गालिगरीरहेका थिएकि उनको पार्टि सरकारमा गयो भने सन्चार मन्त्रालय समेत रहने छैन । किनकि सन्चार मन्त्रालय भए त मिडिया पनि चल्नुपर्ने छ ।

अर्को पशलमा एमालेको समिकरण दुइ प्याकमा फेरीएको अनुभुति भयो । पुण्टेलाइ पुरै एमालेको समर्थन छैन । एमालेको मत विजौरी उद्योग वाणिज्य संघको निर्वाचनमा तीन नेतृत्वमा बाढिने छ । यहां नातावाद पनि जोडिएको छ । यस अघि निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित अध्यक्ष तथा वर्तमान अध्यक्ष पनि एउटै धारमा छैनन् । यो अवस्थाले विजौरी उद्योग वाणिज्य संघको निर्वाचनको माहौल कस्को पल्टोमा जाला त्यसै भन्न सकिन्न । तर बलिया उम्मेदवार रेश्मी भएको विजौरीका अधिकांश व्यवसायीहरुले बताएका छन् ।

हो उद्योग वाणिज्य संघको निर्वाचन राजनितिक पार्टिको कव्जा र नियन्त्रणमा छैन । तर पनि प्रचार प्रशारमा कांग्रेस एमाले नेतृत्वहरु पनि कुनै भुमिकामा जोडिएका छन् । यदि साच्चै नेपाली कांग्रेस र एमालेका नेतृत्वले इमान्दारीपुर्वक मत दिन व्यवसायीहरुलाइ आग्रह गरेपनि रेश्मिको रेशले अग्रपंक्ति कायम गर्ने विजौरीकै अर्का व्यवसायीले भने ।

अहिले विजौरी बजार चुनावी सरगर्मिमा छ । दुइ जना उम्मेदवारलाइ जित्ने आशा छ भने घण्टिका उम्मेदवारलाइ कांग्रेसलाइ एक मतले भएपनि हराउने भन्ने अभिप्राय देखिन्छ । यो चुनावी मैदानमा कसको नेतृत्वले आधिकारीकता पाउने हो, त्यो सनीवार साझ मात्रै थाहा हुने छ । जानकार व्यवसायीका अनुसार तीनै नेतृत्वका उम्मेदवारहरुले विजौरीको खास समृद्धि बोल्न सकेका छैनन् । विजौरी उद्योग वाणिज्य संघले भोलि अपनाउने रणनितिका विषयमा कसैले पनि स्पष्ट बोलेका छैनन् । विजौरी बजारमा शान्ति सुरक्षाको चुनौति छ, अव्यवस्थीत बसोबासको चुनौति छ । रोल्पाले विजौरीलाइ जोडेर पुर्व पश्चिम राजमार्गमा जोड्ने अर्को चुनौति छ । यी सवै चुनौतिहरुलाइ चिर्दै नयां व्यवसायीक पुर्वाधार निर्माणमा रेश्मीको फास्ट ट्रर्‍याक रेशले मात्रै सम्वोधन गरेको छ । उनले विजौरीमा शिशि क्यामेरा, व्यवसायीक सुरक्षाकालागी रात्रि गार्ड, सहज व्यवसायीक वातावरण, अनलाइन मार्फत विजौरी उद्योग वाणिज्य संघ मार्फत विद्युतको भुक्तानी, खानेपानीको भुक्तानी लगायतका एजेण्डा अघि सारेका छन् ।

तर यति समयपछि आएको उद्योग वाणिज्य संघको अधिवेशनमा अन्य उम्मेदवारहरु भने अटोमा गित सुनाइरहेका छन् । कुनै व्यवसायीक एजेण्डा विना प्रचार प्रसार अभियान सुरु भएको व्यवसायी दिर्घामा चर्चाको विषय बनेको छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस