हुनसकेन विएएमएसको भवन पुरा सदुपयोग : शिक्षण अस्पताल विनै विएएमएस

बेलझुण्डी । नेपाल संकृत विश्वविद्यालयले आयुर्वेद चिकित्सामा स्नातक तह (विएएमएस) कक्षा सन्चालन गरेको करीव एक दशक हुन थाल्यो । अहिले आठौं व्याच अन्तिम परिक्षा दिंदै छन् । तर यी आयुर्वेद चिकित्सकहरुले अन्तरंग र ओपिडि प्राक्टिस अझै सम्म गर्न पाएका छैनन् । कुनैवेला केन्द्रिय आयुर्वेद विद्यापिठ शिक्षण अस्पताल लेखिएको साइनवोर्ड पनि केन्द्रिय आयुर्वेद विद्यपिठमा राखिएको थियो । तर शिक्षण अस्पताल विनाको सो साइनवोर्डको विरोध भएपछि शिक्षण अस्पतालको साइन बोर्ड एकाएक विश्व विद्यालयले हटाएको थियो ।

विद्यार्थिहरुले वारम्वार गुनासो गरेपछि हाल केन्द्रिय आयुर्वेद विद्यपिठको प्रशासनिक भवनमै एक सय वेडको अस्पताल सन्चालन गर्ने प्राक्टिस पनि सुरु भयो । केहि विभागिय ओपिडि पनि सन्चालनमा आउन थालेका थिए  । तर औषधालय विनाको अस्पतालमा विरामी आएनन् । ओपिडि सेवा चल्न सकेन । त्यहि बीचमा विश्वव्याधि महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलियो । तात्कालिन प्रदेश सरकारले विएएमएस कलेजलाइ कोरोना अस्पताल बनाइ दियो । मेडिकल कलेज अन्तै बनाइदिने आश्वासन प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोख्रेलले दिए । तर कोरोना अस्पताल खालि भैरहंदा त्यहां तयार गरिएका करीव एक सय वेड पनि कता गायव भए भन्नेमा विद्यार्थिहरुनै अन्योलमा छन्।

‘हामीले कुनै प्राक्टिस विनै आफ्नो कक्षा पुरा गर्दे छौं, यो अवस्थामा हामीहरु कति गुणस्तरका चिकित्सक बनेका छौं, त्यो त विरामीहरुले मुल्यांकन गर्ने छन्’, विएएमएस पाचौं व्याचका एक जना शिक्षार्थिले साक्षीखवरलाइ भने । कहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,कहिले राप्ती प्रादेशिक अस्पताल त कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा ओजेटि गरीरहेका छन्, वेलझुण्डी विएएमएस कलेजका शिक्षार्थिहरुले । केहि व्याचका विद्यार्थिहरुलाइ प्रयोगात्मक अभ्यासकालागि काठमाण्डौको नरदेवी सम्म पनि पठाउने गरिएको छ ।

मेडिकल कलेज विनैको आयुर्वेद चिकित्सा अध्ययन क्याम्पसले विद्यार्थिहरुको भविस्य माथि नै खेलवाड भैरहेको छ । ‘शिक्षण अस्पताल नहुदा हामीले एकजना विरामीलाइ सलायन चढाउन सक्ने सम्मको क्षमता विकाश हुन सकेको छैन’, एकजना विद्यार्थिले भने ।


विश्व विद्यालय प्रशासन मेडिकल कलेज निर्माणमा अझै सम्मपनि प्रतिवद्ध बन्न सकेको छेन । विएएमएस कक्षा सन्चालनकालागि कम्तिमा एक सय वेडको अस्पताल चाहिन्छ, तर स्वास्थ्य मन्त्रालय माताहतको आयुर्वेद चिकित्सा आयोग अनुगमनमा आउदा मेडिकल कलेजको स्वीकृति दिने कुनै पनि अवसर जुर्न सकेको छैन । ‘सय वेड सहितको पुर्वाधार विना मेडिकल कलेज सन्चालन हुन सक्दैन, तर यसमा न यहां भौतिक पुर्वाधार निर्माण हुन सकेको छ, नत मेडिकल कलेज सन्चालनकालागि आवश्यक दरवन्दी नै उपलव्ध छ’,केन्द्रिय आयुर्वेद क्याम्पसका प्राचार्य डा मंगलाकान्त झाले भने । यसकालागि विश्व विद्यालय एवं आयुर्वेद चिकित्सा अध्ययन संस्थान माताहतको डिनको कार्यालयले भुमिका निर्वाह गर्नुपर्ने उनको सुझाव थियो । पछिल्लो चरणमा आयुर्वेद क्याम्पसका लागि मेडिकल कलेज निर्माणकालागि इ विडिङ भएको छ । तर कहिले सम्म मेडिकल कलेज बन्ने भन्ने अझै अन्योलको विषय बनेको छ ।

मेडिकल कलेज विनैको आयुर्वेद चिकित्सा अध्ययन क्याम्पसले विद्यार्थिहरुको भविस्य माथि नै खेलवाड भैरहेको छ । ‘शिक्षण अस्पताल नहुदा हामीले एकजना विरामीलाइ सलायन चढाउन सक्ने सम्मको क्षमता विकाश हुन सकेको छैन’, एकजना विद्यार्थिले भने । मेडिकल कलेजमात्र होइन, त्यहां विद्यार्थिहरुकालागि उपयुक्त प्रयोगशाला समेत छैन । विरामी विनाको प्राक्टिसले कस्ता चिकित्सक जन्माउला? यसमा विश्वविद्यालय प्रशासन पनि अलमलमा छ । पाहुना आएजसरी पदाधिकारी फेरीरहन्छन् । कहिल्यै भिसि, रजिस्टार, शिक्षाध्यक्ष, डिन लगायतको समन्वयात्मक भुमिका निर्वाह हुन सकेको छैन । अहिले अभिभावक विहिन बनेको छ, विएएमएस कलेज ।

तीन महिनाकालागी नेपाल संस्कृत विश्वविद्यालयले सोहि क्याम्पसका प्राचार्य डा मंगलाकान्त झालाइ डिन नियुक्त गरेको थियो । उनको डिनको कार्यकाल सकियो । तर विश्वविद्यालयले डिन अझै नियुक्त गर्न सकेको छैन । डिन विनाको आयुर्वेद चिकित्सा अध्ययन संस्थान बनेको छ अहिले । आयुर्वेद चिकित्सा अध्ययनकालागि केहि चिकित्सकहरु पनि थप नियुक्त गरिए । नयां नियुक्ती पाएकाहरु कार्यालय समयभर डुयुटिमा देखिन्छन् । तर पुराना प्राध्यापकहरु भने विहानै आएर उपस्थीति जनाएर निजि क्लिनिकमा धाउने परम्परा यथावत रहेको छ । यसले नेपाल संस्कृत विश्वविद्यालय माताहतको आयुर्वेद चिकित्सा अध्ययन संस्थाननै लोपोन्मुख भैरहेको छ ।

विएएम एस कक्षा चलाउन धौधौ परेका वेला विश्व विद्यालयका रजिस्टार लगायतको टिम अहिले बैदिक कृषि कार्यक्रमको अभियानमा छ । संस्कृत र आयुर्वेद चिकित्सा क्षेत्रलाइ नेपाल संस्कृत विश्व विद्यालयले ओझेलमा पार्न थालेको छ ।

गुमनाम छ बोटानिकल गार्डेन । धेरै बर्ष यो शिर्षकको बजेट आयो । डिपिआर निर्माण लगायतका काम भए । तर आयुर्वेद चिकित्साका विद्यार्थिहरु बोटानिकल गार्डेनको अवलोकन गर्न गोदावरी र पोखरा सम्म धाउन विवस छन् ।

यस्तै अवस्था रहे नेपाल संस्कृत विश्व विद्यालयमा सन्चालनमा आएको विएएमएस कक्षा पनि बन्द हुन कुनै समय लाग्ने छैन ।

साक्षी खबरवाट

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस