नारायणपुर महोत्सवम : जानकी तारमी मगर र सुप्रिम मल्लसँगै नाचे दर्शक

नारायणपुर । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज बुधबार जानकी तारमी मगर र सुप्रिम मल्लकाे प्रस्तुति राखेका छन् ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा बुधबार जानकी र सुप्रिमले प्रस्तुति राखेका हुन् ।

जानकी पछिल्लो चरणमा नेपाली सङ्गीतमा रूचाइएकी गायिका हुन् ।
जानकीले हरियाे कुर्ताले, भेनाकाे जातैले, छ्याप्पेै माया लै लै, ढाड दुखेर मार्याे, तरुनी कसाे गराैँ नि, झम्के मायाले लगायतका गीत गाएकी हुन् ।

त्यस्तै गायक सुप्रिमले धाेकेबाज हाै तिमी, जाऊ बाबु नभन्नु आमा, फापरकाे पिठाे पठाइदेऊ आमा, ओए काजल लगायतका गीत गाएका हुन् ।

साथै आज महोत्सवको साताैँ दिन गायक मिलन बुढा भीम, राजकुमार वली, गायिका शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

भाेलि बिहीबार ज्याेती मगर

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बिहीबार ज्याेती मगरकाे प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको आठौं दिन गायक यागेश्वर बस्नेत, राशी रिजालकाे प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस