दोलखा । किवानिज क्लब अफ काठमाण्डौं सारथिद्वारा ट्राकसुट, शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण बितरण गरेको छ ।
दोलखाको अति विकट ठाउॅमा रहेको श्री तेत्तिसकोटी प्राइमेरी स्कुलमा अध्ययनरत ९३ जना बिपन्न थामी र मिश्रित बिध्यार्थीहरुलाइ रू. १ लाख २० हजार बराबरको सामाग्री बितरण गरिएको छ ।

कार्यक्रममा किवानिज क्लब इन्टरनेशनल डिष्ट्रिक नेपालका आदरणीय डिष्ट्रिक गभर्नर लक्ष्मण लम्साल, डिष्ट्रिक क्याबिनेट ट्रेजरर किवानियन श्याम फुयाल , एल.टी. गभर्नर नर्थ डिभिजन नम्रता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

अति नै जोखिम पुर्ण डरलाग्दा बन्दै गरेका कच्ची सडकहरूमा लामो यात्रा तय गरि कार्यक्रम स्थलमा पुगी कार्य सम्पादन गर्न हौसला प्रदान गर्नुहुने सबैलाई क्लबका अध्यक्ष धनु सिजालिले धन्यवाद दिनु भएको थियो ।
प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार


