लिग–२ अन्तर्गत नेपालले पीएनजीलाई ३ विकेटले हरायो

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ ।

यूएईले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले आठौँ विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् ।

यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १–१ रनमा आउट भए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।

यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस