दाङ : लुम्बिनी प्रदेशका संस्कृति, पर्यटन तथा उद्योग मन्त्री जानकी प्रसाद यादवले लुम्बिनी प्रदेश पर्यटनका हिसाबमा देशकै नमूना प्रदेश बन्ने बताएका छन् । अबको देशको विकास पर्यटन र कृषिको विकासले मात्रै सम्भव रहेको भन्दै मन्त्री यादवले त्यसको विकास गर्ने त्यसका माध्यमबाट आम नागरिकको जीवन स्तर सुधार गर्ने बताएका छन् ।
दाङको घोराही ९ तेघरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणका लागि सञ्चालित महायज्ञको उद्घाटन गर्दै मन्त्री यादवले सनातन धर्म संस्कृतिको विकास गरेर नागरिकलाई ज्ञान चेतनाले भरिपूर्ण बनाउने बताए । महाशिवरात्रिको अवसर पारेर शिव पाञ्चायन मन्दिर घोराही ९ तेघराले आयोजना गरेको ज्ञान सप्ताह महायज्ञको कथा वाचक गोविन्द शरण महाराज रहेका छन ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालाराम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुँमा डिसी, नरदेवी मावि तेघराका प्रधानाध्यापक कमल खड्का, एमाले नेतृ तुलसा वली, झक्कुप्रसाद गौतम, भोजराज वली, ऋषिराज पौडेल लगायतले ज्ञान सप्ताह महायज्ञको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


