टेङ्नैया बाबा धार्मिकको अधिबेसन, योगीको अध्यक्षतामा ११ सदस्यिय चयन

लमही । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको अध्यक्षमा दिकपाल योगी निर्बिरोध निर्बाचित भएका छन ।

सनिबार सम्पन्न प्रथम अधिवेशन बाट योगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्बसहमती बाट चयन गरिएको हो ।


समितीको उपाध्यक्ष्यमा पार्बती गौतम,
सचिबमा नारायण प्रसाद मजगैंया, सह सचिबमा तारा प्रसाद नेपाली, कोषाध्यक्षमा अमृ कुमारी थापा, सदस्यहरुमा देवा परियार, दिलिप कुमार बुढाथोकी शर्मिला श्रेष्ठ, प्रेमलाल चौधरी, बिष्णु चौधरी र भिम बहादुर पुन रहेका छन ।


सल्लाहकारमा निबर्तमान अध्यक्ष डिल्ली बहादुर खड्का, कर्ण बहादुर बुढाथोकी, राधा के.सी., यादब प्रसाद काफ्ले, गिरिराज बुढाथोकीलाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताले समग्र टेङ्गनैया बाबा धार्मिकको बिकासका निम्ति सबै अग्रसर हुनुपर्ने बताए । अबको नेतृत्वले थप बिकास सँगै राष्ट्र स्तरमा यसको परिचय दलाउन सकोस भन्दै शुभकामना ब्यक्त गरे ।

चिनिदै गरेको टेङ्नैया बाबा धार्मिक स्थलको थप प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा यादब प्रसाद काफ्ले, राधा के सि, पार्बती गौतम, कर्ण बहादुर बुढाथोकी लगायतका बक्ताले बोलेका थिए ।

धार्मिक सँस्थाका अध्यक्ष डिल्लि बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा तारा नेपालीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सँस्थाका सचिब यादब नाथ योगीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस