सुनको भाउ तोलाको १ लाख ६ हजारभन्दा धेरै

काठमाडौं । सुनको भाउले अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ ।

आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने बिस्तारै घटेको सुनको भाउ फेरि बढेको हो ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस