रिहार मेलाको उद्घाटन, करिब ३ लाख भक्तजन उपस्थित हुने अपेक्षा

देउखुरी । रिहार मेलाको बिधिवत उद्घाटन गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले मेलाको बिधिवत उद्घाटन गरेका हुन ।

बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको अध्यक्षता तथा वडाध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यमा मेलाको उद्घघाटन गरिएको हो ।

यो सँगै मेलाको शुरुवात भएको छ । चहलपहल बढेको छ । नयाँ ब्यबस्थापन सहित समिती स्वयमले मेला सञ्चालन गरेको छ । पहिलेका बर्षहरुमा टेण्डर प्रक्रियाबाट मेला लाग्ने गर्दर्थ्यो ।

धार्मिक क्षेत्र रिहारमा यसबर्ष आन्तरिक र बाह्य गरि करिब ३ लाख भक्तजनहरुले दर्शन गर्ने समितीको अपेक्षा छ । छिमेकी राष्ट्र भारतबाट भक्तजनहरुको भिड हुने समितीका अध्यक्ष रबिन्द्र खत्रीले बताए ।

नेपाल सरकारको एकसय पर्यटकिय क्षेत्र मध्यमा पर्ने धार्मिक क्षेत्र रिहारमा मामी सौरी मन्दिर, भएन पर्शु, बगारबाबा, गणेश मन्दिर, कालि, शिवको मन्दिर, झाँक्रि थान, बराह, तप्तकुण्ड, सुर्यकोण, कोटीहोम लगायतका क्षेत्रहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।

बगार बाबा र बराह मन्दिरमा भेडाको बलि दिने चलन छ । भाकल अनुसार भेडाको बलि चढाए मनोआकाँक्षा पूरा हुने बिश्वास गरिन्छ । त्यस्तै झाँक्रीथानमा कुखुराको बली दिईन्छ । त्यहा अबस्थित तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास रहँदै आएको छ । छालाका रोगहरु पनि निको हुने बिश्वास रहँदै आएको छ ।

माघे सँक्रान्तीको अबसरमा लाग्ने यस रिहार मेला माघको ३ गते सम्म चल्नेछ ।
रिहार मेलालाई मोटरबोट (डुँगा), मयुर नाच, चर्फे पिङ, जादुगर, डान्स, कुस्ती खेल लगायतले थप आकर्षण गरेको छ । रिहार मेलाको अबलोकन गरिदिन समितीले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस