प्रदेश १ को पहिलो अधिवेशन १७ पुसमा

विराटनगर । प्रदेश १ को पहिलो अधिवेशन १७ पुसमा हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले १७ पुसको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । नयाँ सांसदको सपथ ग्रहणपछि प्रदेश १ सरकारले सोमबार नै प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिसपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।

सभामुख चयन नभएसम्म प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गर्नेछन् ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस