प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेको चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजो आइतवार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीका प्रचण्डले आज सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत् बधाई दिएका हनु् ।  

दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस