आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा यी हुन् अपनाउनुपर्ने सावधानी

काठमाडौं । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायत उपाय अपनाउने गरिन्छ । तर, पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू समेत हुने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता कार्य गर्दा सावधानीका विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

यस्ता छन् मन्त्रालयका सुझाव–
१। हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ ।
२। कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
३। आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ ।
४। आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ ।
५। हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
६। सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।
७। गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गरौँ ।
८। गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस