सुनको मूल्य तोलामा ६०० बढ्दा एक लाख नाघ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावल सुन प्रतितोला ९९ हजार ७००, तेजावी सुनको मूल्य ९९ हजार २०० र चाँदीका मूल्य १३ सय ६० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस