दाङ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर आज चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार


