२१ मंसिरदेखि सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २१ मंसिरदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

यस्तै जारी पूँजीको १० प्रतिशले हुन आउने ५ लाख कित्ता सेयर सर्वसाधाणका लागि छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने ५ लाख कित्ताको १० प्रतिशतले हुने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिने ५ लाख कित्ता सेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–५ बरबोटे र इलाम नगरपालिक–२ सुम्बेक तथा माइजोगमाई गाउँपालिका–५ योयाङंका बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले जनाएको छ ।

बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनाीले प्रकशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्कनस गरेको आईपीओमा ६ पुससम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस