हामी आभारी छौंः गठवन्धनका उम्मेदवारहरु, निर्वाचन क्षेत्र नंवर ३ दाङ

तुलसीपुर । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनमा सहभागि सम्पुर्ण मतदाताहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, नागरिक अगुवा, अधिकारकर्मी, सन्चारकर्मी लगायतसवैलाइ लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुले हार्दिक आभार व्यक्त गरेका छन् ।

संघका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, प्रदेश ३ (क) का उम्मेदवार दिल्लीवहादुर चौधरी र प्रदेश ३ (ख)का धनवहादुर मास्की (राजेश)ले सोमवार एक विज्ञप्ती जारी गरी हार्दिक आभार व्यक्त गरेका छन् ।

निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै उनीहरुले लोकतन्त्रको संरक्षण र संवद्र्धनमा आम नागरीकहरुको सदैव साथ र सहयोगको पनि अपेक्षा गरेका छन् । ‘निर्वाचनको परीणामलाइ स्वीकार्दै मुलुकमा समुन्नत लोकतन्त्रकालागी हामीहरु प्रतिवद्ध पनि छौ’, विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा यसैगरी निरन्तर साथ र सहयोगको पनि अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस