‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा रहेको छ । स्वास्थ्यप्रति सचेत रहन मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।
व्यस्त भएका कारण अचेल मानिसहरु व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् । दुब्लाउनका लागि चलनचल्तिमा रहेको ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ ।
यसका फाइदा
– खराब कोलेस्ट्रोल, ट्रेग्लिसेक्राइट्स, युरिक एसिड, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ ।
– रक्तकोषिका स्वस्थ राख्नुका साथै हृदयाघात र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ ।
– रगतमा भएका अनावश्यक ग्लुकोजको मात्रा घटाउँछ । अम्लीयपन घटाएर प्यानक्रियाजलाई स्वस्थ राख्नुका साथै मधुमेह पनि नियन्त्रण गर्छ ।
– रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
– यसले विभिन्न अंगमा हुने क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।
– पेटसम्बन्धी सम्पूर्ण रोग निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
– मोटोपना, पार्किन्सन, आर्थराइटिस, रुमाइटिज्म, बाथजस्ता समस्यालाई पनि धेरै हदसम्म नियन्त्रण गर्छ ।
– ग्रिन टीको मद्दतले स्मरणशक्ति पनि सशक्त हुने गर्छ । त्यस्तै आँखा, छाला, रक्तकोषिकाको संरक्षण गर्नमा पनि यसले भूमिका खेल्छ ।
– यसले धूम्रपान, मद्यपान, लागुपदार्थ, रासायनिक पदार्थ, धातुको असरलाई कम गर्न एन्टिबायोटिक औषधिकै काम गर्छ ।
– कलेजो, फोक्सो, मिर्गौला, मुटु, दाँत, गिजा, हड्डी संरक्षणमा पनि ग्रिन टीको ठूलो भूमिका हुन्छ ।
– ग्रिन टीले मृत रक्तकोषिका, फ्री र्याडिकल्सलगायतका विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।
कसले पिउनुहुँदैन ?
- न्यून रक्तचाप भएका मानिसले खाली पेटमा ग्रिन टी पिउनुहुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिन्छ ।
- महिनावारी भएको तीन दिनसम्म ग्रिन टी नखाँदा राम्रो ।
- गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नुहुँदैन । यसबीचको अवधिमा दिनमा दुई कपसम्म पिउन सकिन्छ ।
- स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनु हँदैन ।
- किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नुहुँदैन ।
- हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।
- रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।