तौल बढ्न नदिन के कति खाने, कसरी खाने ?

काठमाडौं । खाना कम खाएर वजन घटाउने खोज्छन् धेरैले । तर, यो गलत तरिका हो । किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ । वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ ।

क्यालोरी बढी हुने भएकाले बिहान र दिउँसोको खाजा र सकिन्छ भने रातिको खानामा पनि मासुजन्य परिकारको सट्टा सागसब्जी खानपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ ।

कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो । त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस् ।

पानी पिएर हरेक दिन सुरुवात गर्नुस्। बिहानै पानी पिउनाले डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकता भन्दा बढी खानाबाट जोगाउँछ ।

बढी चपाएर खाना खान बढी समय लाग्छ । बढी समय लगाएर खाना खायो भने खानाको मात्रा घट्छ । त्यही भएर खूब चपाएर खाने गर्नुस् । चम्चाले खाने गर्नुभएको छ भने एक चम्चा खाना मुखमा हालिसकेपछि चम्चा प्लेटमा राख्नुस् । चम्चा हातमै राखियो भने छिटो–छिटो खाइन्छ ।

सुन्तला, केरा, ओखर, बदामजस्ता छोडाएर अथवा ताछेर खाने खानामा बढी जोड दिनुस् । ताछ्ने र छोडाउने गर्न बढी समय लाग्छ, जसले गर्दा यस्ता खाना थोरै मात्र खाइन्छ । ताछेर खाने फलफूलभन्दा नताछी खाने फलफूल बढी खाइन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।

सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रूपमा सुप खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पत्ता लगाएको थियो। त्यही भएर क्यालोरीको खपत घटाउनुछ भने खाना खानुअघि भेजिटेबल सुप खाने गर्नुस् । एजेन्सी

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस