
काठमाडौ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य तोलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन ९शुक्रवार० सुनको मूल्य तोलाको ९४ हजार १०० रूपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको २५ रूपैयाँले घटेर १ हजार १६० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार